रोनाल्डोले जिते युरोकपमा सर्वाधिक गोलकर्ताको उपाधी

एजेन्सी

सोमबार, २८ असार २०७८, ०८ : ०९
रोनाल्डोले जिते युरोकपमा सर्वाधिक गोलकर्ताको उपाधी

एजेन्सी ।  पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो–२०२० सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।  युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए । यही युरोमा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन् । पोर्चुगल प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

चेक गणतन्त्रका प्याट्रिक सिकले पनि उत्तिकै गोल गरेपछि रोनाल्डोले पोर्चुगलको एक गोलमा पनि भूमिका खेलेको हुनाले अगाडि रहे । त्यस्तै इटालीका गोलरक्षक जियानलुगी डोनारुमा युरो(२०२० को उत्कृष्ट खेलाडी चुनिएका छन् ।

उनी फ्रि ट्रान्सफरमा एसी मिलानबाट पेरिस सेन्ट जर्मेन जाँदैछन् । इटालीले फाइनलमा इंग्यान्डमाथि प्राप्त टाइब्रेकर जितमा उनले दुई प्रहार जोगाएका थिए । सन् १९६८ पछि इटालीले युरो जितेको यो पहिलो अवसर हो ।
 

प्रतिक्रिया दिनुहोस