प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गरेका छन् । नेकपा एमालेमा १० बुँदे सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, उनले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन् ।
उनले सर्वोच्चले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् । यो सरासर अदालतलाई प्रभावित पार्ने उनको आशय छ ।
एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेका छन् । ‘सर्वोच्चद्वारा न परमादेश । न पुनस्स्थापना !’,
उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !’
एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने