प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गरेका छन् । नेकपा एमालेमा १० बुँदे सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, उनले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन् ।
उनले सर्वोच्चले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् । यो सरासर अदालतलाई प्रभावित पार्ने उनको आशय छ ।
एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेका छन् । ‘सर्वोच्चद्वारा न परमादेश । न पुनस्स्थापना !’,
उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !’
एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता