पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, ०८ : २६
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको छ ।

म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले बताए ।

सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस