नेकपा एमालेको कार्यदल बैठक स्थगित, साँझ पुन बस्ने

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १३ : १४
नेकपा एमालेको कार्यदल बैठक स्थगित, साँझ पुन बस्ने

काठमाडौं । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।

एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस