होटल नोर्बुलिङमा राजेन्द्र महतोले फेरि किन उठाए  ‘बहुल राष्ट्र राज्य’ ?

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, ०९ : ३१
होटल नोर्बुलिङमा राजेन्द्र महतोले फेरि किन उठाए  ‘बहुल राष्ट्र राज्य’ ?

काठमाडौं । बल्लतल्ल उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए, राजेन्द्र महतो । उनले मन्त्रीको पदभार ग्रहण गदै गर्दा ‘बहुल राष्ट्र राज्य’ स्थापना गर्ने पार्टीको एजेन्डा भएको र त्यसलाई अघि बढाउनकै लागि सरकारमा सहभागी भएको अभिव्यक्ति दिएका थिए ।

उनको त्यस्तो अभिब्यक्तिपछि चर्को आलोचना भएको थियो । तर भोलिपल्टै उनको वक्तब्य आयो, अभिब्यक्तिको गलत ढंगले प्रचारबाजी भयो । राजेन्द्र महतोको पद धेरे दिन टिकेन् । उपप्रधानमन्त्रीको साठवाँठका साथ बधाई दिन भ्याउँदा–नभ्याउँदै उनको पद दुईसातामै सर्वोच्चले खोसिदियो । संसद विघटन गरेर चुनावको मिति समेत घोषणा गरेका प्रधानमन्त्रीले कार्यकारी झै गरेर मन्त्रीपरिषद् बिस्तार गर्ने लगायतको काम असम्वैधानिक भन्दै अदालतले महतोको उपप्रधानमन्त्री सहितको मन्त्री पद छिनालिदियो ।

त्यसपछि अहिले उनको न पार्टी सग्लो अवस्थामा छ, न उनले मन्त्री पदनै जोगाउन पाएका छन् । ओलीको सत्ता बचाउनका लागि रक्षाकवज बनेर उभिदिँदा राजपाको महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी एक रहेन । न मन्त्री पद रह्यो, न पार्टी सग्लो । निर्वाचन आयोगले साउन ३ बाट पार्टी विभाजनका लागि इजालस नै गठन गरेर सुनुवाई थाल्दैछ । १५ दिनमा राजपाको आधिकारिकता कसलाई दिने भन्ने निर्णय आयोगले दिनेछ । केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र बावुराम पक्षको बहुमत छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र बाबुरामको पक्षमा ३१ जना सांसद छन् । यस हिसावले राजेन्द्रको पार्टी जसपा पनि उपेन्द्र पक्षले लाने र उनीहरुबाट खोसिने अवस्था छ ।

पार्टी अब पूरानैमा फर्किने या नयाँ बनाउने भन्नेमा राजेन्द्रहरुको आन्तरिक छलफल शुरु भईसकेको अवस्था छ । यही बेला राजेन्द्र महतोले भने मन्त्री भएलगत्तै उठाएको विवादास्पद बहुल राष्ट्र राज्यको बहस फेरि आन्तरिक रुपमा शुरु गरेका छन् । उनले बधबार लन्च र डिनर सहित काठमाडौंको जोरपाटीमा रहेको नोर्वुलिङ रिसोर्टमा निकट लेखक, पत्रकारलाई बहुल राज्य राष्ट्रको बहस फेरि शुरु गराएका छन् ।

पार्टी अब पूरानैमा फर्किने या नयाँ बनाउने भन्नेमा राजेन्द्रहरुको आन्तरिक छलफल शुरु भईसकेको अवस्था छ । यही बेला राजेन्द्र महतोले भने मन्त्री भएलगत्तै उठाएको विवादास्पद बहुल राष्ट्र राज्यको बहस फेरि आन्तरिक रुपमा शुरु गरेका छन् । उनले बधबार लन्च र डिनर सहित काठमाडौंको जोरपाटीमा रहेको नोर्वुलिङ रिसोर्टमा निकट लेखक, पत्रकारलाई बहुल राज्य राष्ट्रको बहस फेरि शुरु गराएका छन् ।

उनले त्यहाँ आफुले उठाएको एजेण्डा यसकारण सही छ भन्ने तर्क पेश गर्न खोजेका थिए । त्यसपछि सहभागीमध्येका एक जनाले कार्यपत्र प्रस्तुत गरेको सहभागी एक जनाले बताए । संविधानको धारा ३ को ‘राष्ट्र’ को परिभाषाभन्दा विपरीत गएको आरोप उनलाई लाग्दै आएको छ । संविधानको उक्त धारामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने उल्लेख छ ।

‘सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभियान चलाउन खोजेको भन्दै आलोचना भईरहेको छ । तत्कालीन मधेसकेन्द्रित दलले २०६४ को पहिलो संविधानसभादेखि नै यो मुद्दा उठाउँदै आएका थिए । दोस्रो संविधानसभामा आइपुग्दा तराई–मधेसका राजनीतिक मुद्दा सम्बोधन नभई संविधान जारी गर्न लागिएको विरोधमा संविधानसभा नै छाड्नेदेखि संविधान च्यात्ने, जलाउने र ब्ल्याक आउट गर्ने काम धेरै टुक्रामा विभाजित तत्कालीन मधेसकेन्द्रित दलहरूले गरेका थिए ।

अहिले महतो त्यही मुद्दा फेरि उठान खोजिरहेका छन् । ओलीको सरकारमा जाने र ओलीलाई साथ दिने रणनीतिका कारण मधेसमा आफनो अवस्था कमजोर भएको महतोले बुझेका छन् । एकातिर ओलीको रक्षाकवज पनि बनिदिनुपर्ने, अर्कोतिर आफ्नै मधेसको जनाधार पनि कमजोर हुने अवस्था आएपछि उनले फेरि बहुल राज्य राष्ट्रको वहस उठाएका हुन् । उनले यो मुद्दा उठाएर फेरि राजनीतिक माहोल बनाउन खोजेका छन् ।

जुन प्रदेशमा जुन जातिको बाहुल्य छ, उसैको शासन हुने गरी राज्य संरचना हुनुपर्छ भन्दै महतोले यसका लागि वातावरण बनाउन मधेसका लेखक पत्रकार लाग्नुपर्ने धारणा उनले नोवुलिङमा पनि राखेका थिए । अबका समय यसैको अभियानमा भित्री वातावरण बनाएर लाग्नुपर्ने उनको भनाई थियो । बहुराष्ट्रको अवधारणाले जातिको पहिचान, भाषा, संस्कृतिको संरक्षण हुन्छ, नश्लीय सोच भएका पार्टीहरूले मात्रै यसको विरोध गर्छन्  भन्दै उनले डटेर लेखक पत्रकारले साथ दिनुपर्ने बताएका थिए ।