काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्पष्ट पारेको छ
निगमका महाप्रवक्ता डिम प्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको भन्दै व्यवस्थापनले निगम सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उल्लेख गरिएको छ ।
निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । उनीहरुले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो