विद्यार्थी संगठनलाई प्रचण्डको ब्रिफिङ : ओली चारैतिर घेरामा परिसके, हामी बलियो बन्दैछौँ

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १५ : ३९
विद्यार्थी संगठनलाई प्रचण्डको ब्रिफिङ : ओली चारैतिर घेरामा परिसके, हामी बलियो बन्दैछौँ

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली चारैतिर घेरामा पर्दै गएको बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनका अध्यक्षहरूसँग प्रचण्डले पाँच दलको संगठन बलियो बन्दै गएको बताए । 

जनताका पक्षमा दृढ रहेर नेताहरुलाई आन्दोलित गराइराख्न उनले जोड दिए । अध्यक्ष प्रचण्डले केपी शर्मा ओली र आफूहरु कुनैपनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताए ।

उनले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको भन्दै नेपाली जनतालाई आफ्नो सर्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र केपी ओली बनाइएको बताए । प्रचण्डसँगको भेटमा विद्यार्थी नेताहरुले विद्यार्थीहरुले गर्ने अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए ।

जनतामा छाएको निराशालाई आशामा परिणत गर्न नेताहरुले सार्वजनिक प्रतिवद्धता जनाउनुपर्ने विद्यार्थीहरुको आग्रह थियो । विद्यार्थी नेताहरुले प्रचण्डलाई जनताको संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा ओली सरकार उल्टो दलाल, कमिशनखोर र माफियाहरूको चङ्गुलमा डुबेर अधिकार कुण्ठित पार्न उद्धत रहेको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस