काठमाडौं । सत्ता समिकरणका दौरानमा दुई धारमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि आयोगले दुवै समूहलाई आधिकारिकता दिएको थिएन । पछि दुवै समूहले आधिकारिकता दाबी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए ।
जसपाको विवाद निरुपण सन्दर्भमा निर्वाचन आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई आयोगमा बोलाएर छलफल गरेको छ । पार्टीको आकिारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् ।
जसपाको आधिकारिकताबारे आयोगले अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर उनीहरूको निर्णयका आधारमा आयोग ठोष निष्कर्षमा पुग्ने छ ।
जसपाका नेता केशव झाका अनुसार दुवै पक्षको धारणा लिएको र त्यसमा उहाँहरु भिन्नभिन्न रूपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गर्नुभएको छ । बैठकमा अध्यक्षले एउटै पार्टी दुई तरिकाले चल्न सक्नदैन, अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गर्नुभएको थियो ।
अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरूको एजेण्डा भएको, परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिको हितमा पार्टीलाई अघि बढाउने भए पनि त्यसकिसिमको वातावरण नरहेको भन्दै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ असार २०७८, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने