भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ४० हजार संक्रमित थपिए, ७ सय ४३ जनाको मृत्यु

एजेन्सी

सोमबार, २१ असार २०७८, ११ : ००
भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ४० हजार संक्रमित थपिए, ७ सय ४३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३ सय ८७ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २९औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ८४ हजार ८ सय ७२ पुगेको छ ।

 भारतमा ४ लाख ८९ हजार १२८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ७४३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार ७५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस