भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार संक्रमित थपिए, ९ सय ४७ संक्रमितको मृत्यु

एजेन्सी

आइतबार, २० असार २०७८, १० : ४८
भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार संक्रमित थपिए, ९ सय ४७ संक्रमितको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २९६ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २७औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ पुगेको छ ।

यस्तै भारतमा ४ लाख ९२ हजार ३०१ जना संक्रिय संक्रमित छन् ।

त्यहाँ एकै दिन ९४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस