एमाले केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १५ : ४७
एमाले केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।  दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए । 
‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम  अगाडि बढ्छ,’ उनले भने ।

महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन । 

प्रतिक्रिया दिनुहोस