नेपालमा २२ जनामा देखियो कालो ढुसी

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १७ : ०४
नेपालमा २२ जनामा देखियो कालो ढुसी

काठमाडौँ । नेपालमा अहिलेसम्म २२ जनामा कालो ढुसी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भइनसकेको मन्त्रालयले जनाएको छ । 

यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा राजेन्द्र प्रधानाङ्गले बताए
डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उनले बताए । 

कालोढुसीको सङ्क्रमण भएकालाई प्रयोग गरिँदै आएको कालाजारको एम्फोटेरिसिन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा समीर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस