एमाले अध्यक्ष ओली आफ्नै सूरमा, योगेश, गोकर्णहरुका लागि मात्रै बाटो खोल्ने दाउमा

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, ०८ : १७
एमाले अध्यक्ष ओली आफ्नै सूरमा, योगेश, गोकर्णहरुका लागि मात्रै बाटो खोल्ने दाउमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली अझै पनि माधव नेपाल समुह विभाजन गर्ने योजनामा छन् । उनले आफैले एकतर्फी बनाएको महाधिवेशन आयोजक समिति दुई कारणले मात्र भंग गरेको खुलेको छ । पहिलो – माधव नेपाल समुहभित्रका योगेश भटटराई, गोकर्ण विष्ट लगायतका नेतालाई एमालेभित्रै आउने बातावरण निर्माणका लागि । दोस्रो महाधिवेशन आयोजक कमिटिले गरेका निर्णयमा सर्वोच्चले केन्द्रीय समिति सरहका अधिकार नहुने भनी गरेको निर्णयका कारण ।

अहिले आयोजक कमिटि बनाईरहँदा नेपाल समुहका नेताहरु योगेश, गोकर्णलाई एमालेभित्रै माधव नेपाल विना रहन सिधा आत्मसमर्पण हुने देखिएपछि उनीहरुकै आग्रहमा ओलीले एमालेमै रहने गरी बाताबरण निर्माणको बाटो खोलिदिएका हुन् । योगेश, गोकर्ण, सुरेन्द्रहरुले प्रधानमन्त्री ओलीलाई एमालेमै आफुहरुलाई रह्ने गरी वातावरणका लागि कँही न कँही सम्झौताको बाटो लिईदिन ओलीलाई धेरै पटक अनुनय गरेका थिए । त्यही आधारमा ओलीले बाटो खोलिदिएका हुन् ।

ओलीलाई पनि आफु र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर भंग गरेको संसद सर्वोच्च अदालतबाट फेरि पूर्नस्थापना भए संसदको अंकगणितमा विपक्षी नेता शेरबहादुर देउवाको अंकगणित कसरी विथोल्ने भन्ने सवैभन्दा बढी चिन्ता छ । उनी अदालतले सिधै देउवालाई प्रधानमन्त्री बनाउने गरी आदेश दिन नसक्ने तर पूर्नस्थापना गरिदिने सम्भावना रहेको निश्कर्षतिर पुगिसकेका छन् ।

नेकपा कालमा कहिल्यै बैठक नै नरुचाउने ओली अहिले निरन्तर बैठक राखेर जान खोज्नुले उनले आफु अनुकुल के गरी बनाउन सकन्छि भन्ने प्रपन्च मात्र भएको बुझाईमा नेपाल समुह छ । त्यसैले पनि प्याकेज सहमति शीर्ष तहमा नभएसम्म ओलीले बोलाउने बैठकको अर्थ नहुने नेपाल पक्षको भनाई छ ।

त्यही आधारमा पनि उनी एमालेभित्रकै माधव नेपाल समुह फोर्ने योजनामा यतिबेला तल्लिन छन् । त्यसैका लागि उनले जेठ २ को केन्द्रीय समितिमा पार्टी फर्किएको घोषणा गरेका हुन् । यद्यपी उनले स्थायी समितिमा आफ्नो बहुमत बनाउने गरी आयोजक कमिटिबाटै नेपाल पक्षका २ नेता थप गर्दा आफ्नो तिर ६ नेता थप गरेर आफुलाई सजिलो बनाउन खोजेका छन् । यो निर्णयमा नेपाल पक्षको सहमति ओलीले लिएका छैनन् ।

नेपाल समुह शीर्ष तहमा सम्वाद भई सहमति खोज्नु पर्ने र सवै विषय प्याकेज सहमति गर्नुपर्ने पक्षमा छ । नत्र आजका लागि बोलाईएको केन्द्रीय समिति बैठकमा नजाने निर्णय नेपाल समुहको हिजो बसेको स्थायी समिति बैठकले लिईसकेको छ । ’हामी ओलीले आज बोलाएको बैठकमा जाँदैनौं, त्यो गुटको बैठक हो, एमालेको होइन’, नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले सफलखबरसँग टेलिफोनमा भनिन्, –’ओलीले आफनो सत्ता संकट जोगाउन चालेका अनेक चलखेलेका एउटा खेल मात्र हो,आजको बैठक । त्यसको औचित्यता छैन । त्यो सिंगो एमालेको बैठक हुन सक्दैन ।’

ओलीले आफैले गरेको कारवाही अदालतले अवैध घोषणा गरिदिएपछि उनी अप्ठयारोमा छन् । कर्णाली प्रदेशमा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कारवाही गरेका सांसद पूर्नवहाली भए । त्यही क्रममा उनले महाधिवेशन आयोजक कमिटीबाट गर्ने कारवाही अवैध घोषणा गरिदियो । यसले ओलीलाई अप्ठ्यारो बनाएको थियो ।

त्यही कारण पनि ओलीले आयोजक कमिटि भंग गरेका हुन् । माधव नेपालसँग सम्वादमा बस्न नचाहने, प्याकेज सहमति गर्न नचाहने र अदालतमा सुनुवाईका क्रममा रहेको मुद्दा बहसकै क्रममा रहेका बेला ताता् लागेर निरन्तर वैठक राख्न खोज्ने ओलीको प्रवृति भनेको संसद पूर्नस्थापना  भए त्यसपछि के गर्ने भयबाट प्रेरित रहेको नेपाल निकटका एक नेताले बताए ।

नेकपा कालमा कहिल्यै बैठक नै नरुचाउने ओली अहिले निरन्तर बैठक राखेर जान खोज्नुले उनले आफु अनुकुल के गरी बनाउन सकन्छि भन्ने प्रपन्च मात्र भएको बुझाईमा नेपाल समुह छ । त्यसैले पनि प्याकेज सहमति शीर्ष तहमा नभएसम्म ओलीले बोलाउने बैठकको अर्थ नहुने नेपाल पक्षको भनाई छ ।