पछिल्लो २४ घण्टामा भारतमा थपिए ४८ हजार संक्रमित, ९ सय ९१ जनाको मृत्यु

एजेन्सी

विहीबार, १७ असार २०७८, ११ : ५६
पछिल्लो २४ घण्टामा भारतमा थपिए ४८ हजार संक्रमित, ९ सय ९१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप ४८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४८ हजार ८७८ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २४औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४ लाख १० हजार ५ सय ७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख २९ हजार ५८० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९९ हजार ४७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस