म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ०८ : ४०
म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

file photo

बेनी । म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । सिमलचौर हुँदै मंगला–१ पूर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा बेनी नगरपालिका–५की १९ वर्षिय सबिना भण्डारी र मंगला गाउँपालिका–१ पुर्णगाउँकी १५ वर्षिया विमल विकको मृत्यु रहेका छन् । उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । 

जीपमा सवार मंगला गाउँपालिका–१ पुर्णगाउँका २५ बर्षीय सुदन आचार्य, २६ बर्षीय एन्जिला भण्डारी, ३५ बर्षीय गीता खत्री, ८ बर्षीय अडिना नेपाली, ३६ बर्षीय अमृता रामजाली र गाडी चालक १९ बर्षका अनिल रसाईली घाइते भएका छन् ।

घाईतेहरु अनिल रसाईली, अमृता रामजाली र गीता खत्रीलाइ थप उपचारका लागि पोखरा रिफर गरीएको छ । सिमलचौरदेखि पूर्णगाँउका लागि छुटेको उक्त जीप समलचौरको कपासे डाँडाबाट करीब २ सय मिटर तल नेवारे खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।