चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरिएको छ । महासंघका दुई सय ६७ जना पत्रकारको एक जना बराबर रु ७ लाखको दुर्घटना बिमा गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखामा सदस्य भएर नेपालमा रहेका सबैको बिमा गरिएको महासंघले जनाएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोगमा युनाइटेड इन्सुरेन्सबाट बिमा गरिएको हो । बिमाको प्रिमियम बापत रु १ लाख ४० हजार १ सय ९५ नगरपालिकाले भुक्तान गरेको हो ।
बिमा भएका पत्रकारको मृत्यु भएमा रु ७ लाख, घाइते भएमा वढिमा रु ७० हजार सम्मको उपचार खर्च र अंगभंग भएमा अबस्था अनुसार रकम भूक्तानी गरिने छ ।
कालिका नगरपालिका र युनाइटेड इन्सुरेन्सको सहकार्यमा बिमा गरिएको उहाँको भनाई छ । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले गत वर्षबाट थालिएको बिमालाई निरन्तरता दिइएको बताउनुभयो । गत वर्ष पत्रकारहरुको रु ३ लाख वरावरको कालिका नगरपालिकाले बिमा गरेको थियो ।
महासंघका अध्यक्ष नारायण अधिकारीले पत्रकारहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?