एमालेको माधव पक्षले बोलायो बिहीबार स्थायी समिति बैठक

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १७ : १८
एमालेको माधव पक्षले बोलायो बिहीबार स्थायी समिति बैठक

काठमाडौं । एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले जानकारी दिइन् ।  

अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि माधव समूहले अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताइन् ।  

प्रतिक्रिया दिनुहोस