काठमाडौं । चितुवाको आक्रमणमा परेर स्याङ्जाको् गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते हुनुभएको छ ।
स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
घाइते विक गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको र गोली लागेर मृत्यु भएको चितुवालाई वन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ असार २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु