भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ५४ हजार संक्रमित थपिए, ९ सय ७८ जनाको मृत्यु

एजेन्सी

विहीबार, १० असार २०७८, १० : ३९
भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ५४ हजार संक्रमित थपिए, ९ सय ७८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३१९ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १७औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ८२ हजार १६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ३३ हजार ५४६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९७८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस