पर्वत । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् ।
सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ ।
अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् । सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए। मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् छन् । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० असार २०७८, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या
बारामा आमा–छोराको हत्या, तीन जना गम्भीर घाइते
ओखलढुङ्गामा दम्पतीको हत्या, भेटियो शव