काठमाडौं । सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ।
मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।
तल्लो तटीय क्षेत्रको झन्डै २५ किलोमिटर दूरीसम्म व्यापक क्षति पुर्याउनेगरी मंगलबार मेलम्ची खोलामा हेलम्बु भएर बाढी आएको थियो। बाढीले मेलम्चीमा पुर्याएको क्षति तत्काल बाहिर आए पनि सडक र सञ्चार सम्पर्क टुटेको हेलम्बुमा बाढीले पुर्याएको क्षति सुरुमा बाहिर आउन सकेन।
‘बाढीले हेलम्बुमा पनि अकल्पनीय क्षति पुर्याएको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने। हेलम्बुमा राहत लिएर हेलिकोप्टर पुग्न थालेसँगै पाँच दिनपछि त्यहाँ बाढीले पुर्याएको क्षति बिस्तारै बाहिर आउन थालेको हो। सञ्चार सम्पर्क टुट्नुका साथै पुलपुलेसा बाढीमा बगेपछि स्थानीय सरकारका प्रमुख शेर्पा नै गाउँमा थुनिएर बस्न बाध्य भए।
बाढीमा बेपत्ता सबै हेलम्बुबाटै हराएका हुन्। हराइरहेका २३ जना अझै बेपत्ता छन्। बेपत्ता हुने १२ भन्दा बढी हेलम्बुकै हुन्। हेलम्बुकै मेलम्ची खानेपानीको मुहान अम्बाथानबाट आठ कामदार बेपत्ता भएका थिए। उनीहरू अझै हराइरहेका छन्। बेपत्ताको खोजी भइरहेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ असार २०७८, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम