विपक्षी पाँच दलको गठबन्धनलाई मजबुद बनाउने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १९ : ११
विपक्षी पाँच दलको गठबन्धनलाई मजबुद बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी पाँच दलको गठबन्धनलाई मजबुद बनाउने निर्णय गरेको छ। 
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन्। केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाए ।

२० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस