देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले बताए ।
सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु हो । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ असार २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या
गोली प्रहारबाट सप्तरीमा पुजारीको हत्या
कैलालीमा युवकको बीभत्स हत्या
घरायसी विवाद बढेपछि श्रीमतीको हत्या
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ