काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।
कोभिड–१९ अध्यादेशमा कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।राजधानी दैनिकमा खबर छ । ’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ असार २०७८, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन