काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी मन्त्रीलाई निष्कासन गर्ने निर्णय भएको उपेन्द्र यादव पक्षका एक नेताले भने ।
यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ । बैठकमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेताहरई अशोक राई, राजेन्द्र श्रेष्ठलगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप
राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको वक्तव्यमै गम्भीर त्रुटी