अझै कुनकुन जिल्लामा छ कोरोना संक्रमणको वृद्धि

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १९ : ०८
अझै कुनकुन जिल्लामा छ कोरोना संक्रमणको वृद्धि


काठमाडौं । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले १४ वटा जिल्लामा कोरोना संक्रमण वृद्धि भएको बताए । 

उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमणमा वृद्धि भएको छ। ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको प्रवक्ता पौडेलले जनाए । 

प्रतिक्रिया दिनुहोस