चितवनमा निषेधाज्ञा लम्बाइयो, असार १० गतेसम्म कायम

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १७ : १८
चितवनमा निषेधाज्ञा लम्बाइयो, असार १० गतेसम्म कायम

चितवन । चितवनमा निषेधाज्ञा लम्बाएर असार १० गतेसम्मलाई पु-याइएको छ ।

कोरोना संक्रमणको जोखिम कायम रहिरहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भोलि (बिहीबार) राति १२ बजेबाट सकिन लाग्दै गर्दा चितवन प्रशासनले निषेधाज्ञा थप गरेको हो ।  

चितवनमा गत वैशाख १६ गते देखि निषेधाज्ञा सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनल पाँचौ पटक थप गर्दै असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । 

 

 

प्रतिक्रिया दिनुहोस