तरुण दलको कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १० : ५९
तरुण दलको कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन

काठमाडौँ । बाढी पहिरोको विपद्मा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न आफ्ना सबै कार्यकर्ताहरुलाई नेपाल तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन्।

परिपत्रमा भनिएको छ– ‘आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ ।’ 
 

प्रतिक्रिया दिनुहोस