काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका हुन्।
कार्यतालिका अनुसार भदौ १५ गते भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्नुपर्नेछ ।
कार्तिक २० गते भित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, मंसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन गर्ने र मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन