काठमाडौं । गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुई जनालाई पक्राउ गरेको छ । गएराति सवारीसाधन मर्मत गर्ने लमहीको एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चोरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो ।
सोमबार राति पौने दुई बजे लमहीको अन्सारी मोटर पाट्सबाट सवारीसाधनका पुराना सामान (फलाम) चोरी गरेर साईकलमा बाँधेर लैजाने क्रममा दुईजनालाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनीहरू अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छन् । चोरी गर्ने एकजना सोही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी