राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई १ लाख पुरस्कार

मंगलबार, ०१ असार २०७८, ०८ : २५
राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई १ लाख पुरस्कार

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली (पुरुषको) को जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले  सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ । 

नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय गरेका हुन् । जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह गरिएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० र एसीसीको नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । 

नेपाल क्रिकेट संघले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपालले आगामी जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने छ । सोही प्रतियोगितालाई ध्यानमा राखी नयाँ जर्सीको डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको हो ।

तीन सदस्यीय छनोट समितिले प्राप्त डिजाइनबाट उत्कृष्टलाई छनोट गर्ने छ ।  नेपाल क्रिकेट संघको नाममा अन्यत्र जर्सी डिजाइन सम्बन्धी आएको सूचनाहरू आधिकारिक नभएको जनाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ