काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने भएको छ ।
आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल सार्वजनिक गरिने भएपछि त्यसको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइको अभिलेख पूरा भएर आउने पक्रिया पूरा गर्दा समय लिने भएकाले ढिलोमा साउन १५ भित्र नतिजा सार्वजनिक गर्न सकिने विश्लेषणमा पुगिएको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक