काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णय प्रति प्रश्न उठाउदैं वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन्। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक(अर्कालाई गरेको कारवाहीलाई आयोगले आइतबार मान्यता दिन नसकिने बताएको थियो।
आयोगको भूमिकाप्रति भट्टराईले सोमबार सामाजिक संजालमा निर्णय प्रति प्रतिक्रिया व्यक्त गर्दैै भनेका छन्–‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु। चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु१ वाह।’
भट्टराईले यो निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर हेरेका छन्। यहाँ भट्टराईले मुद्दा हेर्ने कार्यालय भनेर निर्वाचन आयोगलाई संकेत गरेका हुन् जहाँ जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई कारवाही गरेको पत्र पेश गरेका थिए। जसपामा ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारमा गएपछि बिबाद छ। भट्टराई र यादव पक्ष भने ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई