काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनताको पक्षमा इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सो निर्देशन दिएका हुन् ।
‘सरकारले मध्यावधि निर्वाचन गरेको छ । सरकारको अहिलेको एकमात्र लक्ष्य सफलतापूर्वक चुनाव सम्पन्न गराउनु हो । यो कुरालाई आत्मसाथ गर्दै तपाईँहरु जनताको पक्षमा काम गर्न लागिपर्नुस्’, बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने ।
उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मसात गर्दै अघि बढ्न पनि निर्देशन दिए । सो क्रममा आफूले नेतृत्व सम्हालेपछि जनताको पक्षमा काम गर्न लागिपरेको र त्यसका लागि सबै मन्त्रीहरुले पनि इमान्दार भएर प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।
एक मन्त्रीका अनुसार आजको बैठक परिचयात्मक र निर्देशनात्मकमै सीमित थियो । आजको बैठकले सरकारको प्रवक्ता समेत नतोकेको ती मन्त्रीको भनाइ छ ।प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्सीय बनाएका छन् भने आज थपिने मन्त्रीमा ७ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली