काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनताको पक्षमा इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सो निर्देशन दिएका हुन् ।
‘सरकारले मध्यावधि निर्वाचन गरेको छ । सरकारको अहिलेको एकमात्र लक्ष्य सफलतापूर्वक चुनाव सम्पन्न गराउनु हो । यो कुरालाई आत्मसाथ गर्दै तपाईँहरु जनताको पक्षमा काम गर्न लागिपर्नुस्’, बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने ।
उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मसात गर्दै अघि बढ्न पनि निर्देशन दिए । सो क्रममा आफूले नेतृत्व सम्हालेपछि जनताको पक्षमा काम गर्न लागिपरेको र त्यसका लागि सबै मन्त्रीहरुले पनि इमान्दार भएर प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।
एक मन्त्रीका अनुसार आजको बैठक परिचयात्मक र निर्देशनात्मकमै सीमित थियो । आजको बैठकले सरकारको प्रवक्ता समेत नतोकेको ती मन्त्रीको भनाइ छ ।प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्सीय बनाएका छन् भने आज थपिने मन्त्रीमा ७ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा