प्रतिनिधिसभा विघटन मुद्दा : ‘एमिकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १७ : ३७
प्रतिनिधिसभा विघटन  मुद्दा : ‘एमिकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागी सर्वोच्च अदालतले अदालतको सहयोगी एमिकस क्युरी झिकाउने आदेश गरेको  छ । संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो । 

०७७ पुसमा भएको विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएर राय लिएको थियो । बुधवार शेरबहादुर देउवा सहितका सांसदहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले सो आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिक क्यूरी, प्रत्यर्थी कानुन ब्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस