संक्रमण दर घट्यो, मृत्यु दर उस्तै

पत्रपत्रिकाबाट

बुधबार, २६ जेठ २०७८, ०८ : ०७
संक्रमण दर घट्यो, मृत्यु दर उस्तै

काठमाडौँ । पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् । संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु भने दैनिक एक सय हाराहारीभन्दा घट्न सकेको छैन ।

मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३२.०७ प्रतिशत अर्थात् ३ हजार ८ सय ७० जनामा संक्रमण देखिएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ । ‘मृत्युदरमा उल्लेख्य सुधार हुन अझै बाँकी छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले भने, ‘संक्रमण दरमा भने सुधारोन्मुख लक्षण देखिन्छ ।’ संक्रमणको पहिलो लहर कम हुने बेला यस्तै अवस्था देखिएको उनको भनाइ छ । ‘तर पहिलो लहर पिकमा हुँदासमेत आज ९मंगलबार० जति मृत्यु भएको छ, त्यसको करिब एकतिहाइ मात्र मृत्यु भएको तथ्यांक छ,’ उनले भने ।

अझै केही समय स्वास्थ्य सावधानी आवश्यक रहेको जनाउँदै उनले छिमेकी मुलुक भारतमा समेत संक्रमण कम हुँदै गएकाले त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने विश्वास व्यक्त गरे । भारतमा मंगलबार २ हजार १ सय ३० जनाको मृत्यु भएको छ । ४।५० प्रतिशत अर्थात् १३ लाख ३ हजार ७ सय २० जना सक्रिय संक्रमित छन । नेपालमा मंगलबार १ सय ८ जनाको मृत्यु भएको छ । १३।९० प्रतिशत अर्थात् ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित छन् ।

संक्रमण दरमा सामान्य कमी भएपछि एक व्यक्तिले अन्यलाई संक्रमण सार्ने दरमा समेत केही सुधार देखिएको छ । एक व्यक्तिले २ देखि ३ जनासम्मलाई संक्रमण सारेको देखिएको थियो भने हाल एक जनाले एक जनालाई सारिरहेको डा. अधिकारीले बताए ।

उनका अनुसार विभिन्न भागमा यो दर भने फरक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा।बाबुराम मरासिनी कोभिडविरुद्घको खोप नलगाएका र संक्रमित नभएको जनसंख्या ठूलो रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना नभए संक्रमण फेरि विस्तार हुने बताउँछन् । ‘दुई तिहाइभन्दा बढी जनसंख्याले कोभिड विरुद्घको खोप नपाएसम्म र जनस्वास्थ्य मापदण्डमा हेलचक्य्राइँ भए संक्रमण पुनः विस्तार हुँदै जाने जोखिम छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस