काठमाडौं । नेप्से परिसूचक आज ०.२१ अंकले घटेर आज २९०६.७० विन्दुमा रोकिएको छ ।‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घट्न पुग्यो ।आज ३ करोड ५४ लाख १४ हजार ६४५ कित्ताको किनबेचमा १५ अर्ब ७८ करोड ४८ लाख १९ हजार ९३० रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा २ अर्ब कम हो ।
आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७१ करोडको कारोबार भयो । यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोडको कारोबार भयो ।आइसीएफसी फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लाग्यो । यसैगरी अन्य १४ कम्पनीको सेयर कारोबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज बैंकिङ, व्यापार, होटल, उत्पादन, लघुवित्त र लगानी समूहको उपसूचक रातो भएका छन् । फाइनान्स समूहको उपसूचक ८.२७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार