काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले एकताका लागि अन्तिम प्रयास भएको भन्दै पारिवारिक मिलन नभए अलग हुन समेत भनेका छन् ।
उनले अहिलेको प्रयासलाई अन्तिम भनि सामाजिक संजालमार्फत ट्वीट गर्दै एमाले एकताका लागि यो अन्तिम प्रयास भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास ! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जेठ ३ अघिकै अवस्थामा तयार रहेको घोषणा गर्दै एकता आह्वान गरेपछि नेता बाँस्कोटाले व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा