काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम प्रभावित हुने भएको हो ।
अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली रहनेछ ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?