काठमाडौं । दबावमा काम गर्नुपर्दा कुनै पनि आयोजनामा कस्तो प्रभाव पर्छ भन्ने कुराको खास उदाहरण बनेको छ, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । कूल ३५ अर्ब लागतबाट शुरु भएको आयोजना सरकारी बदमासीका कारण बढेर ८५ अर्बको हाराहारीमा पुगेको छ ।
शुरुमा सबैभन्दा सस्तो भनिएको आयोजनालाई अनेकन कारण देखाएर लागत यति धेरै बढाइएको छ कि त्यसको कुनै हिसाब किताब नै छैन । पछिल्लो पटक आयोजनालाई खड्ग ओलीको दबावको छाँयामा राखिएको छ । उद्घाटन र शिलान्याशको मोहमा फसेका खड्ग ओलीका भित्रियाले आजै उद्घाटन, भोलि नै उद्घाटन भनेर जबरजस्ती काम गर्न लगाएका कारण मुख्य सुरुङको मेनहोलमाा टाल्नै नसकिने गरी पानी चुहिएको छ ।
मेलम्ची खानेपानी आयोजनमा जबरजस्ती गरिदा भएको दुर्घटनाका कारण एक इन्जिनियरसहित तीन कर्मचारीको ज्यान गएको थियो । माथिल्लो तामाकोशीमा पनि त्यही हविगत दोहो¥याउने खेल जारी रहेको जानकारहरुले बताएका छन् । आयोजनाका एक अधिकारीले नाम नलेख्ने शर्तमा भने, दबावका कारण काम गर्नुपर्दा, आयोजनाको असाध्यै महत्वपूर्ण मानिएका स्थानमा दर्जनौ समस्या देखिएका छन् ।
सहायक सुरुङको ढोकामा पानी चुहिने समस्या रहेको छ । पानी बढी मात्रामा चुहिँदै गएको खण्डमा मेलम्चीको हविगत पुनः दोहोरिने सम्भावना उत्तिकै रहेको छ । सहायक सुरुङको ढोकामा मात्रै नभई, मुख्य सुरुङको मेनहालमा समेत समस्या देखिएको छ । उपकरण परिक्षणको नाममा जबरजस्ती सुरुङमा पानी हाल्दा समस्या देखिएको छ । समस्या समाधानका लागि प्रयास गरिनु भन्दा पनि उद्घाटनको असाध्यै हतारो देखिएको छ ।
दैनिक जसो नै प्रधानमन्त्रीको सचिवालयबाट फोन आउने र कहिले उद्घाटन गर्ने हो, त्यसको जानकारी किन नगराएको भन्दै आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठलाई चर्को दबाव दिइएको छ । जसरी भएपनि उद्घाटन नगर्नुप¥यो, प्रधानमन्त्रीको सवारी कहिले र कसरी चलाउने हो भन्ने बारेमा नियमति जस्तै दबाव आएको आयोजनाका एक उच्च अधिकारीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा ल्याइएका कर्मचारी वृत्तमा पैसाका लागि जे पनि गर्न सक्ने काविल सचिव कहलिएका देवेन्द्र कार्कीले समेत आयोजनाका पदाधिकारीलाई नियमित रुपमा नै दबाव दिएका छन् । उता आयोजनाका अधिकारी भने सुरुङमा पानी चुहिने समस्या समाधान गर्ने कि उद्घाटनका लागि तयारी गर्ने बारेमा दोधारमा परेका छन् । सो सम्बन्धमा जानकारी लिन पटक पटक ऊर्जा सचिव देवेन्द्र कार्कीसँग सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।
उता नेपाल विद्युत् प्राधिकरणलाई सौता हाल्ने काममा स्वयम् प्रधानमन्त्री ओली नै लागिपरेका छन् ।
ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको योजनामा नेपाल पूर्वाधार बैंक तथा विशाल समूहको योजनामा नै सबै काम भइरहेको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ जेठ २०७८, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी