राजेन्द्र महतोको स्पष्टोक्ति : राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु, भ्रम नरहोस्

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, ०७ : ४१
राजेन्द्र महतोको स्पष्टोक्ति : राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु, भ्रम नरहोस्

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो भनाइ सच्चाएका छन् । उनले राष्ट्रिय एकता र अखण्डताप्रति आफू सदैव पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘म राष्ट्रिय एकता, अखण्डतामा प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् ।’

महतोले भन्त्रीभएलगत्तै शुक्रबार उनले नेपाल बहुल राज्य बनाउन मुक्ति आन्दोलन सुरु गर्ने बताएका थिए। मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो। सामाजिक सञ्जालदेखि विपक्षी दलका नेताहरुले महतोको भनाइलाई लिएर आलोचना भएको थियो । आफ्नो भनाइ आलोचना भएपछि महतोले भनाइलाई सच्याउँदै विज्ञप्ति जारी गरी  राष्ट्रिय एकता, अखण्डतामा प्रतिवद्ध रहेको बताएका छन् । 

महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन्।