राजेन्द्र महतोको अभिव्यक्ति विरुद्ध एमाले स्थायी कमिटीका १५ सदस्यको माग

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, २० : ३४
राजेन्द्र महतोको अभिव्यक्ति विरुद्ध एमाले स्थायी कमिटीका १५ सदस्यको माग

काठमाडौँ । एमालेका १५ जना स्थायी कमिटीका सदस्यहरुले उपप्रधानमन्त्री राजेन्द्र महताको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्न माग गरेका छन् । 

शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ ।


'विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ । 

यसरी विज्ञप्ति जारी गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य , गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् ।