प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०८ : ३०
प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।  बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा पराजित बस्नेत  नेपाल टेलिभिजनको बोर्ड सदस्य हुन् । कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस