आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०७ : ५७
आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिनभर  प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।  यस्तै पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस