प्रदेश नम्बर १ को अधिवेशन जेठ २४ मा बोलाउन सिफारिस

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, ०९ : ३५
प्रदेश नम्बर १ को अधिवेशन जेठ २४ मा बोलाउन सिफारिस

काठमाडौं । प्रदेश नम्बर १ को वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आजको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो । 

प्रदेशका विपक्षी दलहरुले बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिएका थिए। प्रदेशसभाको असार १ मा बजेट ल्याउने चलन छ।

प्रतिक्रिया दिनुहोस