वाग्मती प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन २० जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, ०८ : ३५
वाग्मती प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन २० जनाको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ ।  योसंगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।

पछिललो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् । 

त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा २ जना, घादिङ, नुवाकोट र भक्तपुरमा १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३७ देखि ८४ वर्ष उमेर समुहका व्यक्तिहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस