पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ४,लमजुङ २, तनहुँ २,स्याङजा ३ र गोरखामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१२ का ३२ वर्षीय पुरुष, पोखरा–१५ का ५८ वर्षीय पुरुष, पोखरा–१७ का २९ वर्षीय पुरुष, पोखरा–७ का ८५ वर्षीय पुरुष, तनहुँ भिमाद–२ का ४९ वर्षीय पुरुष, ब्यास–७ का ६३ वर्षीय पुरुष, स्याङजा गल्याङ–३ का ४९ वर्षीय पुरुष, कालीगण्डकी–२ की ५७ वर्षीय महिला, बिरुवा–३ की ६२ वर्षीय कोरोेना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी लमजुङ मध्ये नेपाल–१ का ६० वर्षीय पुरुष, बेशीसहर–२ का ८० वर्षीय पुरुष, गोरखा पालुङटार–५ का ५४ वर्षीय पुरुष र सिरानचोक–३ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७०७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ जेठ २०७८, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती