काठमाडौं । सुनसरीमा १ सय ६५ किलो गाँजा सहित एकजना पक्राउ परेका छन् । कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु