काठमाडौं । सुनसरीमा १ सय ६५ किलो गाँजा सहित एकजना पक्राउ परेका छन् । कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या