तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो ।
कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार (जीवजन्तुको हाड छालासम्बन्धी) रहेका छन् । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदबन्दीले कैद मिनाहा पाएको बताए ।
बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्यास नगरपालिकाका करन परियार र शुक्लागण्डकी नगरपालिकाका रमेशबहादुर मल्ल ठकुरी रहेका छन् ।
त्यसैगरी ज्यान मार्ने उद्योगका घिरिङ गाउँपालिका सन्तबहादुर श्रेष्ठ, सवारी ज्यान मुद्दाका बन्दीपुरका दिनेश मक्राती र ओखेटो पहार मुद्दामा म्याग्दे गाउँपालिकाका इन्द्रध्वज कार्की रहेको कारागारका जेलर ऋषिराम सुवेदीले बताए । उनका अनुसार हाल कारागारमा थुनुवा १०६ र कैदी १६२ गरी कूल २६८ कैदीबन्दी छन् । गण्डकी प्रदेशबाट समेत गरी ८० कैदीबन्दीको कैद मिनाहा भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ जेठ २०७८, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
‘प्यारोल’बाट ३७ जना कैदीहरू छुटे
काठमाडौँका कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी