लुम्बिनीमा राष्ट्रियसभाको उप–निर्वाचनको मतदान सुरु

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ०९ : ३७
लुम्बिनीमा राष्ट्रियसभाको उप–निर्वाचनको मतदान सुरु

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा रिक्त एक सदस्य चयनका लागि मतदान सुरु भएको छ। पहिलो मतदान भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन्।  दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ । 

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख रहेका छन् ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।